शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवन कांग्रेस महाधिवेशन : ५ पालिकाको मत परिणाम सार्वजनिक, देउवा पक्ष अगाडि
समाचार

चितवन कांग्रेस महाधिवेशन : ५ पालिकाको मत परिणाम सार्वजनिक, देउवा पक्ष अगाडि

चितवन । नेपाली कांग्रेसको शनिवारदेखि सुरु भएको चितवनको नगर अधिवेशनमा ७ वटै पालिका मध्ये ५ पालिकाको पत परिणाम सार्वजनिक भएको छ ।

जस अनुसार ३ वटा पालिका ईच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका र राप्ति नगरपालिकामा देउवा पक्षले बिजयी हासिल गरेको छ भने २ वटा पालिका कालिका नगरपालिका र माडी नगरपालिकामा संस्थापन इतर पक्षले बिजयी हासिल गरेको छ । यद्यपी २ वटा पालिका भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको भने निर्वाचन प्रक्रिया आज (आईतबार) बिहान बाट सुरुभएको छ ।

विज्ञापन

जसअनुसार इच्छाकामना गाउँ कार्यसमितिको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई ४ मतले पराजित गरेका हुन् । त्यस्तै माडी नगर सभापतिमा कोमलनाथ भुषाल विजयी भएका छन् । भुषालले आफ्ना निकटतम प्रतिद्वन्द्वी खेम महतोलाई ३ मतले पराजित गरका हुन् । माडीमा १४८ मत खसेको मध्ये ७४ मत भुषालले प्राप्त गरेका छन् भने खेम महतोले ७१ मत प्राप्त गरेका छन् ।

विज्ञापन

उता राप्ती नगर सभापतिमा भने देबेन्द्र लामा विजयी भएका छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नारायण उप्रेतीलाई ४० मतको मतान्तरले पराजित गरेका हुन् । लामाले १२७ मत प्राप्त गर्दा उप्रेतीले ८७ मत मात्रै प्राप्त गरेका छन् । निर्वाचनमा लामाको पुरै प्यानल नै विजयी भएका हो ।

त्यस्तै कालिका नगरपालिकाको सभापतिमा दिपेश्वर के.सी. बिजयी भएका छन । के.सी. ले आफ्ना निकटतम प्रतिद्वन्द्वी लिलाबहादुर गुरुङलाई १० मतले पछाडी पार्दै बिजयी बने । कुल खसेको मत मध्ये के.सीले ११२ मत प्राप्त गरे भने लिलाबहादुर गुरुङले १०२ मत प्राप्त गरेका थिए ।

उता खैरहनी नगरपालिकामा भने गुणराज श्रेष्ठ बिजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी शशी खनियालाई ३ मतले पराजित गरेका छन् । कुल खसेको मत मध्ये श्रेष्ठले १४५ मत प्राप्त गरे भने खनियाले १४२ मत प्राप्त गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस