On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • फेरि पार्टी एकताको लागि एमालेले पहल गर्ने
समाचार

फेरि पार्टी एकताको लागि एमालेले पहल गर्ने

काठमाडौं ।

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको निचोडबारे टोली नेताले ‘बिफ्रिङ’ गरेका छन् । शनिबारको बैठकमा समूहगत छलफलको निचोड प्रस्तुत गरिएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

विज्ञापन

राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न एमाले केन्द्रीय सदस्यहरूलाई १० समूहमा विभाजन गरिएको थियो । समूगत छलफलको निचोडअनुरूप जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा नेपालको लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशा बनाउनुपर्ने निष्कर्ष समूहगत छलफलबाट आएको उनले बताए ।

विज्ञापन

“जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा हामीले ०६२–६३ को ऐतिहासिक जनक्रान्ति र संविधान निर्माणसम्म आइपुग्दा एउटा क्रान्ति सम्पन्न गरेका छौँ । नेपालमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न गरेका छौँ,” उनले भने, “अब नेपाली समाजमा रहेका पछौटे, सांस्कृतिक, सामाजिक, आर्थिक प्रणाली छन् । ती कुरामा रूपान्तरण गर्दै र क्रान्तिका उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने धेरै टोलीका साथीहरूको सुझाव आएको छ ।”

एमाले कम्युनिस्ट आन्दोलनको एकताको प्रतीक र प्रवृत्ति भएकाले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कार्यभार एमाले नै पूरा गर्नुपर्ने सुझाव बैठकमा प्रस्तुत भएको उनले जानकारी दिए ।

कम्युनिस्ट पार्टीसँग छलफल गरेर विभाजनकारी प्रवृत्तिमाथि संघर्ष गर्दै एउटै पार्टी बनाउने कार्यदिशा पार्टीले तय गर्नुपर्ने सुझाव पनि आएको भट्टराईले बताए ।

यस्तै, नीति निर्माण, जनप्रतिनिधि, पार्टीको नेतृत्वमा समेत युवाहरूको उल्लेख्य सहभागिता बढाउन पनि सुझाव आएको उनले उनले जानकारी दिए । महिला, जनजाति, दलित, अपांगता भएका व्यक्तिहरूलाई समावेश गरेर राष्ट्रिय चरित्र र समावेशी खालको पार्टी बनाउनुपर्ने सुझाव टोलीका नेताहरूले दिएको उनको भनाइ छ ।

आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव पनि टोली नेताहरूले दिएको उनले बताए । नेताहरूले पार्टीमा सात उपाध्यक्षको व्यवस्था गरिनुपर्ने सुझाव दिएका छन् ।

यसैगरी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने सुझाव पनि आएको उनले जानकारी दिए । त्यो कार्यान्वयन भइरहेको विधानमा पनि व्यवस्था रहेको उनले बताए । ७० वर्षे उमेरहद पनि कायमै राखिएको छ ।

आइतबार बिहान ११ बजे पुनः बैठक बस्ने र आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले जवाफ दिने भट्टराईले जानकारी दिए । एमालेको यही असोज १५–१७ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमाथि छलफल भइरहेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस