शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माओवादीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुन्छन् : कृष्णबहादुर महरा
समाचार

माओवादीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुन्छन् : कृष्णबहादुर महरा

घोराही ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुने चेतावनी दिनुभएको छ ।

विज्ञापन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उद्घाटन समारोहमा महराले पार्टी अध्यक्ष प्रचण्ड अहिले गुट तथा उपगुटहरुबाट आजित भएको बताउनुभएको हो ।

विज्ञापन

‘अध्यक्ष प्रचण्ड पार्टी भित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरुबाट आजित हुनुभएको छ,’ उहाँले भन्नुभयो, ‘मलाई पनि धेरैले गुट निर्माण गर्न सक्नुभएन भनेर भन्ने गर्छन्, म पार्टी निर्माणमा लाग्न चाहन्छु, गुट र उपगुटको म सँधै विरोधी हुँ ।’

समाजवादमा पुग्नका लागि पार्टी संगठन क्रान्तिकारी र चुस्त बन्नुपर्ने महराको भनाई छ । ‘अहिले अध्यक्ष प्रचण्डले पार्टी भित्रका विकृतिहरूका विषयमा गम्भिर ढंगले कुरा उठाइरहनुभएको छ, साँच्ची समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ ।’

२०६४ सालको जस्तै रापतापको पार्टी बनाउन सबै युवा तथा विद्यार्थीहरू लाग्नुपर्ने महराले बताउनुभयो । आगामी निर्वाचनमा माओवादीलाई मुलुककै पहिलो पार्टीको रुपमा स्थापित गरिने उहाँले दावी गर्नुभयो । ‘अब हामी गाउँ फर्कनुपर्छ, अहिले हाम्रो उठबस अलि बढी बुर्जुवाहरुसँग भयो कि भन्ने चिन्ता बढेको छ,’ महराले भन्नुभयो, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूको एकताका लागि हामीले पहल गरीरहेका छौं ।’

माओवादी पृष्ठभूमिका पार्टी र अन्य कम्युनिष्ट पार्टीहरूबीचको वृहत एकता गर्ने अभियानमा आफूहरू लागिपरेको महराले बताउनुभयो ।

‘एमसीसी नेपाललाई टेकेर चीन घेर्ने रणनीति हो’

कार्यक्रममा महराले एमसीसी नेपाललाई टेकेर चीन घेर्ने रणनीति अन्तर्गत आएको बताउनुभयो ।
एमसीसीको प्रकृया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उहाँको भनाई छ ।

‘एमसीसी प्रकृया अगाडी बढाउँदा म मन्त्री थिए, त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रुपमा स्थापित गरेको छ,’ महराले भन्नुभयो, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।’ आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसद्मा प्रवेश गर्न नदिएको उहाँले बताउनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस