शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गगन थापाले भने : जरा बलियो भए कांग्रेसको रुख बलियो हुन्छ
समाचार

गगन थापाले भने : जरा बलियो भए कांग्रेसको रुख बलियो हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जग बलियो भएमात्रै घर बलियो हुने भन्दै पार्टीको स्थानीय तहको अधिवेशनबाट काबिल नेतृत्व चुनिने विश्वास व्यक्त गरेका छन् ।

६० भन्दा बढी जिल्लामा पालिका अधिवेशन भइरहेको सन्दर्भमा सामाजिक सञ्जालबाट सन्देश जारी गर्दै नेता थापाले स्थानीय तहको नेतृत्व सक्षम भएमात्रै कांग्रेस बलियो हुने बताएका हुन् ।

विज्ञापन

‘जग बलियो भयो भने मात्रै घर बलियो बन्नसक्छ, जरा बलियो भयो भने मात्रै कांग्रेसको रुख सिंगो देशको छहारी बन्नसक्छ’ थापाले भनेका छन् । उनले पालिका अधिवेशनबाट स्थानीय तहको विकास , संगठनको सबलीकरणसंगै पार्टी पुननिर्माणको लागि काबिल नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।

विज्ञापन

देश संघीयतामा गइसकेपछि कांग्रेसको पहिलो स्थानीय तह अधिवेशन प्रारम्भ भएको भन्दै थापाले स्थानीय तह पार्टी र जनतासंगको पहिलो संवाद विन्दु रहेको उल्लेख समेत गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस