शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • म ओलीभन्दा जेठो हुँ, राजीनामा दिएपछि सकियो : वामदेव
समाचार

म ओलीभन्दा जेठो हुँ, राजीनामा दिएपछि सकियो : वामदेव

नेता गौतमले आफू केपी शर्मा ओलीभन्दा हरेक कुराले सिनियर भएको बताए । उनले भने, ‘म राजनीतिक व्यक्ति हुँ । केपी ओलीभन्दा अगाडिको हुँ । उमेरले पनि जेठो हुँ । पार्टीमा लागेको हिसाबले पनि जेठो हो । नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले हो । मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु । यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन । मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन ।’

आफूले नेकपा एमालेमा छलफलका लागि प्रस्तुत गरेका विचार र प्रस्तावहरूप्रति केपी ओलीले अरुचि देखाएको र उनी निकटस्थहरुले बोल्न नदिएपछि आफू बैठकमा जान छाडेको नेता गौतमले रातोपाटीलाई बताए ।

विज्ञापन

गौतमले  भने, ‘जुन दस्तावेजहरु लगे, त्यसमा छलफलका निम्ति उनले(ओलीले) ‘इन्टरटेन’ नै गरेनन् । वामदेवले यस्तो–यस्तो विषयमा छलफल गर्न चाहनुभएको छ भन्दा पनि भनेनन् । मैले पछिल्लोपटक स्थायी कमिटीको बैठकमा कुरा राख्दै थिएँ, केपी ओलीका एकजना सल्लाहकार सभापति केशव बडालले ममाथि झम्टिए । मलाई बोल्नै दिएनन् । उनीहरुले यस्तो गरेका छन् र म त्यही दिनदेखि बैठकमा गएको छैन ।’

विज्ञापन

राजनीतिक व्यक्तिले पार्टी फुटाएर अर्को पनि बनाउन सक्ने गौतमले बताए । उनले भने, ‘मलाई थाहा छ कि राजनीतिक व्यक्तिले पार्टी फुटाउन सक्छन्, अर्को पार्टी बनाउन सक्छन् । तर, म अहिले भर्खरै त्यस्तो मानसिकतामा गएको छैन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस