शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • क्रान्तिकारीहरूको एकीकृत शक्ति निर्माण हुँदैछ : प्रभु साह
समाचार

क्रान्तिकारीहरूको एकीकृत शक्ति निर्माण हुँदैछ : प्रभु साह

गौर। पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताएका छन्। रौतहटमा आयोजित एक कार्यक्रममा साहले संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको जिकिर गरे।

‘देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढ्दै गएकोले क्रान्तिकारीहरूको ध्रुवीकरण आजको आवश्यकता बनेको छ। देशलाई अग्रगमनको बाटोमा डोर्‍याउने उद्देश्य बोकेका क्रान्तिकारीहरू बीच चाँडै एकता भएर एउटा सशक्त शक्ति निर्माण गर्नुपर्छ,’ साहले भने। यथास्थितिमा बसेर देशलाई सही निकास दिन नसकिने भन्दै उनले नयाँ ध्रुवीकरणमा जोडिन क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गरे।

विज्ञापन

देशमा गम्भीर प्रकृतिको राजनीतिक संकट गहिरिँदै गइरहेको दाबी गर्दै साहले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको जिकिर गरे। एउटा मात्र जातिको वकालत गर्ने केही राजनीतिक दल तथा नेताहरू निहित स्वार्थमा तयार भएको वर्तमान संविधान र व्यवस्था नै यसको प्रमुख कारण भन्दै साहले कम्युनिष्टका नामधारी पार्टीहरू यथास्थितिमा विकल्प खोजिरहेको र यसको कुनै अर्थ नरहेको बताए।

विज्ञापन

‘देशलाई अग्रगामी निकास दिनका लागि क्रान्तिकारीहरूको ध्रुवीकरण जरुरी छ। र छिटै क्रान्तिकारीहरूको एकीकृत शक्ति निर्माण हुँदैछ,’ उनले भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस