शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • के आफ्नो छुट्टै पार्टी खोल्ने तयारीमा छन् प्रभु साह?
समाचार

के आफ्नो छुट्टै पार्टी खोल्ने तयारीमा छन् प्रभु साह?

२३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई वैधता नदिइ नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई फरक पार्टी बन्दा माओवादी केन्द्रमा रहेनन्, प्रभु साह । बरु उनले आफूलाई नेकपा एमालेमा रहने निर्णय गरे ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको नेकपा एमाले नै नेकपाको विस्तारित रुप भएको अभिव्यक्ति पनि उनले दिँदै आएका छन् ।

विज्ञापन

तर, पछिल्लो समय प्रभु साह एमालेसँग असन्तुष्ट बन्न थालेका छन् ।

विज्ञापन

उनी पछिल्ला एमालेका बैठकमा पनि अनुपस्थित हुन थालेका छन् । यसका कारण पछिल्लो समय प्रभु साहले आफ्नै छुट्टै पार्टी खोल्ने वा अभियान चलाउन सक्ने अनुमान धेरै हुन थालेका छन् ।

साहले आफ्नो छुट्टै समूह बनाएर आइटी आर्मीको नाममा विभिन्न गतिविधि पनि गर्दै आएका छन् ।

पछिल्लो समय उनले नेकपा एमाले नेतृत्वप्रति बढी असन्तुष्टि जनाउन थालेका छन् । नेकपा एमालेलाई नेकपाकै निरन्तरताका रुपमा बुझ्नु पर्ने, जनताको जनवादलाई एमालेमो आगामि महाधिवेशनसम्म व्यापक छलफल गरेर अगाडि बढाउनु पर्नेलगायतका माग राखेर उनले यो असन्तुष्टि बाहिर ल्याएका छन् ।

त्यसैले एमाले भित्रकै नेताहरुले पनि प्रभु साहले नयाँ अभियान सुरु गर्न सक्ने अनुमान गर्न थालेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस