शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने, बादलसंग चुनावमा लडन म आफै काफि छु : सुदन किराँती
समाचार

फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने, बादलसंग चुनावमा लडन म आफै काफि छु : सुदन किराँती

काठमाडौं । चिनवनमै पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग चुनाव लडन तयार रहेको घोषणा गरेका बादलसंग चुनावमा भिड्न आफु नै काफि हुने माओवादी केन्द्रका युवा प्रभावशाली नेता सुदन किराँतीले बताएका छन ।

उनले लेखेका छन, फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी !
सुदन किराती Vs राम बहादुर थापा

विज्ञापन

विज्ञापन

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका थिए ।

शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन्।

दुवै नेताकोे गृहजिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा दुई नेताको भिड्न्त हुन्छ रु भनी उनलाई प्रश्न सोधिएको थियो।

‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ।

उनले प्रचण्ड पार्टीको लाइनलाई छाडेर पलाएन भएको बताए। नयाँ गुट बनाएर प्रचण्ड दक्षिणपन्थि र लोकतन्त्र विरोधी पक्षमा लागेको समेत उनको आरोप छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस