शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेले हाम्राविरुद्ध अनर्गल प्रचार गर्‍यो, अहिले कसैसँग मिसिँदैनौं : माधव नेपाल
समाचार

एमालेले हाम्राविरुद्ध अनर्गल प्रचार गर्‍यो, अहिले कसैसँग मिसिँदैनौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध एमालेले अनर्गल प्रचार गरिरहेको आरोप लगाएका छन् ।

मंगलबारदेखि जारी केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उनले यस्तो बताएका हुन् । ‘नेकपा एमालेले हाम्रो विरुद्धमा अनर्गल प्रचार गरिरहेको छ’, उनले भने ।

विज्ञापन

साथै, ५ दलबीच भएको गठबन्धनको सम्बन्ध सुमधुर रहेको उनले बताए । अध्यक्ष नेपालले आफ्नो पार्टी अरु कोहीसँग नमिसिने घोषणा गरे ।

विज्ञापन

‘हाम्रो पार्टी अर्को पार्टीमा मिसिन गइरहेको छ । यो शतप्रतिशत होइन हजार प्रतिशत गलत छ । हाम्रो पार्टी कसैसँग मिसिनपर्ने छैन् । कसैले कुनै भ्रम फैलाउन खोज्छ भने कुनै भ्रममा नपरौं’, नेपालले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस