शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधवकुमारको पार्टी कांग्रेसको पुच्छर हो : गोकुल बाँस्कोटा
समाचार

माधवकुमारको पार्टी कांग्रेसको पुच्छर हो : गोकुल बाँस्कोटा

नेकपा एमालेबाट अलग्गिएर अर्काे पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमाले नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्।

नेपाल समूहले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीको नामलाई नै उनले व्यंग्यको विषय बनाएका छन्। यो पार्टीलाई उनले कांग्रेसको पुच्छरको संज्ञासमेत दिएका छन्।

विज्ञापन

‘जुन गोरुको सिङ छैन, त्यसको नाम तिखे? जसले पार्टी चोइट्यायो, त्यसको नाम एकीकृत? जो कांग्रेसको पुच्छर बनेको छ, त्यो समाजवादी’, बाँस्कोटाले सामाजक सञ्जालमार्फत कटाक्ष गरेका छन्। ‘त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जिन्दगी एकबारको जुनी बिताउनुभन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला। किनभने दुईपल्ट के पार्टी प्रवेश गर्नु? ह्या एस!’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस