On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ २६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनमा बजार अनुगमन फितलो, उपभोक्ता ठग्दै व्यवसायी
समाचार

चितवनमा बजार अनुगमन फितलो, उपभोक्ता ठग्दै व्यवसायी

चितवन ।

चितवनमा प्रशासनले नियमित बजार अनुगमन गर्न नसक्दा व्यवसायीहरुले मनपरी गर्न थालेका छन् ।

चितवनमा भरतपुर महानगरपालिका, जिल्ला प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले कहिलेकाहीँ चाडपर्वको समयमा संयुक्तरुपमा वा छुट्टाछुट्टै अनुगमन गरेको देखिन्छ । यसमा नियमितता भने छैन । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले प्रशासनले नियमितरुपमा बजार अनुगमन गर्न नसेको बताए । उनले भने, ‘हामीले पनि नियमित बजार अनुगमन गर्नाेस् भनेका छौं । तर, प्रशासनले कहिलेकाहीँ बजार अनुगमन गरिरहेको छ । एक जना प्रतिनिधि अनुगमनमा चाहियो भन्छ हामीले पठाउँछौं ।’

विज्ञापन

भरतपुर महानगरपालिका वडा नम्बर १० की गृहिणी सीता ढुंगानाले बजारमा कालोबजारी र मूल्य वृद्धि बढ्दै गएकोमा प्रशासन मौन बसेको  बताइन् । उनले भनिन् , ‘ सामान्य खुद्रा पसलमा ८८ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको चिनी भरतपुर–१० कै होलसेल पसल लम्साल खाद्य स्टोरले ९० रुपैयाँमा बिक्री गरिरहेको छ । एक केजी चिनीमा पसल पिच्छे मूल्य फरक हुँदा पनि प्रशासन मौन छ । दाल र खाने तेलको अवस्था पनि त्यस्तै छ ।’ उनले चितवनबासीको भान्छा निकै महंगो भइरहेको गुनासो गरिन् । प्रशासनले नियमित अनुगमन गर्न नसके गरिब र निमुखा नागरिक झनै बढी मारमा पर्दे जाने उनको विचार थियो ।

भरतपुरमा उपभोक्ताबाट व्यापक गुनासोहरु आउन थालेपछि बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता हित विपरीतका कार्य गर्ने व्यवसायीलाई कारबार्ही गर्न थालिएको भरतपुर महानगरका अनुगमन समितिका संयोजक थानेश्वर सापकोटाले बताए ।

सोमबार बालकुमारी तरकारी बजारमा माछा मासु पसलहरुको अनुगमन गरेको र मुखिया मिट सप्लार्यसबाट अखाद्य रंग बरामद गरेको सापकोटाको भनाइ छ । त्यस्तै अनुगमनका क्रममा धर्मचोकको न्यू खरेल इन्टरप्राइजेजमा म्याद नाघेका खाद्य सामग्री बरामद गरिएको उनले बताए । त्यहाँबाट चोकोपन १२ प्याकेट, ल्याक्टोजिन ६ प्याकेट, मुगु दाल ४१ प्याकेट बरामद गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक प्रदिप काफ्लेले बताए । त्यस्तै लक्ष्मी मदिरा पसलमा पाँच १२ क्यान बियर म्याद सकिएको फेला परेको पनि काफ्लेले बताए । त्यसलाई बरामद गरी बिलसहित कार्यालयमा हाजिर हुन निर्देशन गरेको काफ्ले बताउँछन् । तर, यस्ता अनुगमन धेरै नारायणगढ बजार वरिपरीमात्र हुने गरेका छन् । शहरका भित्री गाउँका गल्लीहरुमा अनुगमन हुनै सकेको छैन ।

महानगरले भरतपुर महानगरको २९ नम्बर वडा जुगेडीका विभिन्न होटल मदिरा पसल र किराना पसलहरुको पनि अनुगमन गरिरहेको खाद्य निरीक्षक काफ्लेले बताए । त्यस्तै रामनगरको थकाली भान्साघरमा पनि अनुगमन गरेको बताइन्छ । अनुगमनका क्रममा होटलहरुमा सरसफाइमा ध्यान नदिएको पाइएको सापकोटाले बताए ।

सबैलाई आफूहरुले निर्देशन दिएको र फेरि पनि लापरबार्ही भए कारबार्ही गरिने उनी बताउँछन् । कोरोनाका कारण बजार अनुगमन पनि नभएको मौका छोपी व्यवसायीहरुले म्याद गुज्रेका र अखाद्य वस्तु मिसिएका गुणस्तर हिन खाद्य सामग्री बिक्री गर्ने गरेको भेटिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुसालले बताए ।

नगर प्रहरी अधिकृत तथा अनुगमन समिति सदस्य असई कृष्णप्रसाद सापकोटाले अनुगमनका क्रममा आफूहरुले पहिलो चरणमा सचेतना दिने कामलाई प्राथमिक्ता राखेको र पटक पटक पनि गल्ति गरेको भेटिएमा नगद जरिवाना समेत गर्ने गरेको बताए ।

बजार अनुगमनलाई निरन्तर अगाडि बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबार्ही प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । गल्ती गर्ने व्यवसायीलाई गरिने कारबाही एकदमै फितलो हुँदा मनपरी झनै बढ्दै गएको अधिकारकर्मीहरु बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
Breaking News
वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री […]

  • २ महिना अगाडि

भर्खरै

सिफारिस