On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवन र हेटौंडालाई जोडेर देशकै राजधानी बनाउनु पर्छः मुख्यमन्त्री शाक्य
समाचार

चितवन र हेटौंडालाई जोडेर देशकै राजधानी बनाउनु पर्छः मुख्यमन्त्री शाक्य

चितवन।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र हेटौंडालाई देशकै राजधानी बनाउनु पर्ने बताएकी छन् ।

विज्ञापन

जिल्ला समन्वय समिति चितवनको आज (मंगलबार) भरतपुरमा आयोजित पाँचौँ जिल्ला सभाको समुद्घाटन गर्दै मुख्यमन्त्री शाक्यले हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र हेटौंडालाई नै देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन् । उनले काठमाडौंँलाई प्रदेशको राजधानी बनाएर सबैलाई पाएक पर्ने चितवन र हेटौंडालाई देशको राजधानी बनाउनुपर्ने बताइन् ।

विज्ञापन

‘काठमाडौं बागमती प्रदेशका १३ वटा जिल्लाको बीचमा छ, त्यसलाई प्रादेशिक राजधानी बनाउँ, चितवन र हेटौंडालाई जोडेर केन्द्रीय राजधानीको रुपमा किन विकास नगर्ने ?’–मुख्यमन्त्री शाक्यले भनिन् । उनले यो विषयलाई अब छलफलको रुपमा चलाउनुपर्ने जरुरी रहेको भन्दै आफूले छलफललाई प्रारम्भ गरि सकेको बताइन् ।

अहिलेको भूबनोटले राजधानीसंग जोड्ने परिवेश अवस्थित देखिएको भन्दै पूर्व र पश्चिम क्षेत्रलाई सहजै रुपमा जोड्ने क्षेत्रलाई भावी राजधानीको रुपमा विकास गर्नुपर्ने बताइन् । यस्तै मुख्यमन्त्री शाक्यले चितवन र हेटौंडामा विदेशमा हुने उपचारको सुविधाको विकास गर्न सबै लाग्नुपर्ने भन्दै त्यसले काठमाडौँमा देखिएको स्वास्थ्य चापलाई कम गर्ने बताइन् ।

यस्तै मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सरकार अल्पमतमा परे पनि दिन गनेर नबसेको बताइन् । प्रदेश सरकार हरेक दिन, रात राम्रो काम गर्ने प्रयासरत रहेको बताइन् । उनले समाजवादको लक्ष्य प्राप्त गर्न यो सरकार के गर्नुपर्छ भन्ने विषयमा आफू केन्द्रीत रहेको भन्दै छोटो समयमा राम्रो काम गरेर देखाउने दावी गरिन् । मुख्यमन्त्री शाक्यले जनताका सेवाका लागि कटिबद्ध रहेको भन्दै सरकारले आफ्नै आचार संहिता निर्माण गरेको बताइन् । उनले अलिकति पनि समय खेर नफाल्ने भन्दै सरकारको बाँकी समय प्रदेश सरकार, गणतन्त्र, संघीयतालाई बलियो बनाउन र समाजवादको लक्ष्यलाई प्राप्त गरेर अघि बढाउनका लागि जिम्मेवार भएर लाग्ने बताइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनेहरुलाई जिससले समान्न समेत गरेको छ । कार्यक्रममा जिसस चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले जिससले गरेको काम कारवाही बारे जानकारी गराएका थिए । कार्यक्रममा जिससकी उपाध्यक्ष मुना कुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल र बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस