On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ २६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओली अमेरिका र भारतसँग रुष्ट, चीनसँग सन्तुष्ट
समाचार

ओली अमेरिका र भारतसँग रुष्ट, चीनसँग सन्तुष्ट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भारत र अमेरिका प्रति असन्तुष्टि पोखेका छन् । उनले पुराना घटना उल्लेख गर्दै भारतमाथि संविधान जारी गर्नबाट रोक्न खोजेको आरोप लगाएका छन् । अमेरिका अफगानिस्तानमा पराजित भएको विश्लेषण गर्दै भूराजनीतिक अवस्था र सम्भावनाबारे उल्लेख गरेका छन् ।

ओलीको प्रतिवेदनमा भारतले २०७२ सालमा संविधान जारी गर्न रोक्न खोजेको उल्लेख छ । संविधान जारी गर्न लाग्दा १ असोज २०७२ मा भारतका तत्कालीन विदेश सचिव एस जयशंकर विशेष दूत बनेर आएको र संविधान जारी नगर्न धम्की दिएर गएको प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिले जयशंकर भारतका विदेशमन्त्री छन् ।

अफगानिस्तानको घटनाबारे पनि ओली बोलेका छन् । उनले अमेरिका अफगानिस्तानबाट हट्नुलाई उसको पराजय भन्दै विश्लेषण गरेका छन् । राजनीतिक प्रतिवेदनमा अफगानी भूमिबाट अमेरिका पलायन हुनु भियतनाम युद्धको जस्तै पुनरावृत्ति भनेका छन् । यसलाई अमेरिकाको ठूलो असफलता र पराजय भनेका छन् । अफगानिस्तानको घटनाको बाछिटा दक्षिण एशियामा पर्न सक्ने सम्भावना पनि औल्याएका छन् ।

विज्ञापन

ओलीको प्रतिवेदनमा चीनसँग सम्बन्ध विस्तारमा जोड दिइएको छ । तर, भारतसँग सीमा समस्याको कुरा उठाइएको छ । उनले चीनसँग सीमा समस्याको कुनै विषय उल्लेख गरेका छैनन् । ओली आफैले चीनसँग कुनै सीमा समस्या नभएको भन्दै आफ्नो सरकारका पालामा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिको बचाऊ विगतमै गरिसकेका छन् ।

राजनीतिक प्रतिवेदनमार्फत् ओलीले विदेश सम्बन्धमा चीनसँगको निकटता र सम्बन्ध विस्तारको सन्देश दिएका छन् । तर, भारतसँग उनको असन्तुष्टि प्रकट भएको छ । अमेरिका अफगानिस्तानमा पराजित भएको शब्द नै उल्लेख गरेका छन् । यसबाट उनी चीनसँग सन्तुष्ट देखिएका छन् । भारत र अमेरिकासँग असन्तुष्टि प्रकट गरेका छन् ।

आफ्नो नेतृत्वको सरकार ढल्नुमा पनि उनले भूराजनीतिक असर रहेको संकेत गरेका छन् । उनको संकेत अमेरिका र भारतप्रति छ । यी देशप्रति उनी पछिल्लो समय कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । विगतमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गराउन आफै सक्रिय देखिएका ओली पछिल्लो समय पछि हट्न खोजेका छन् । यसलाई उनको यु टर्न मानिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँगको सीमा समस्याबारे अध्ययन कमिटी गठन गरेकोमा पनि ओलीले आपत्ती जनाएका थिए । उनले कसैलाई खुशी पार्न यसो गरिएको भनेका थिए । भारत र अमेरिकालाई खुशी पार्न देउवाले यो कदम चालेको ओलीको आशय थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
Breaking News
वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री […]

  • २ महिना अगाडि

भर्खरै

सिफारिस