शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘नेपालमा बिकाउ नेताहरु बढि हुनु नै देशको दुर्भाग्य हो’- संविधानविद् आचार्य
समाचार

‘नेपालमा बिकाउ नेताहरु बढि हुनु नै देशको दुर्भाग्य हो’- संविधानविद् आचार्य

काठमाडौं ।

 

विज्ञापन

संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालका राजनीतिक दल र यसका शीर्ष नेताहरुले संविधानमाथि घात गरेको आरोप लगाएका छन् ।

विज्ञापन

उनले संविधानलाई लिएर अथरसिप र अनरसिपको समस्या आएको पनि टिप्पणी गरेका छन् ।

सातौं संविधान दिवसको अवसरमा प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. आचार्यले नेपालमा विकाउ नेताहरु बढि हुनु नै देशको दुर्भाग्य भएको आरोप लगाए ।

हिजोआज लेखिने संविधानका अन्तरवस्तु लगभग उस्तै हुने उनको भनाई छ ।

उनले संविधान जारी भएपछि त्यसको ईमानदारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अघि बढिरहेको भए नेपालको संविधानको धेरै छिटो अन्त्य आफूले देखेको पनि स्मरण गराए ।

उनले भने, मुलुक एकखालको मुठभेडमा जाँदै थियो, नेपाली सेना पनि विवादमा आउने खतरा मैले देखिरहेको थिएँ । त्यो मुठभेडले अन्यत्र लैजाने सम्भावना देखिन्थ्यो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस