शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • संविधान सर्वस्वीकार्य भइसक्यो, अब विदेशी गुहार्नुको अर्थ छैन : ओली
समाचार

संविधान सर्वस्वीकार्य भइसक्यो, अब विदेशी गुहार्नुको अर्थ छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान सर्वस्वीकार्य भइसकेको दाबी गरेका छन्।

सातौं संविधान दिवसका अवसरमा बोल्दै अध्यक्ष ओलीले देशी विदेशी अवरोध भए पनि एमालेको नेतृत्वमा संविधान सर्वस्वीकार्य भएको जिकिर गरेका हुन्।

विज्ञापन

मधेसवादीहरु जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आइतवारै संविधानको विरोधमा प्रदर्शन गरिरहेका बेला ओलीले यस्तो भनेका हुन्।

विज्ञापन

संशोधनका नाममा विदेशी गुहार्ने काम भएको उल्लेख गर्दै उनले त्यसलाई परास्त गरिएको उनले बताए।

‘विदेशमा गएर संविधान संशोधन गर्न सकिएन, तपाईंले सहयोग गरिदिनुपर्‍यो भनियो, सर्वस्वीकार्यताको नाममा’, ओलीले भने, ‘तर, अहिले स्वीकार्य भएको छ। विरोध गर्ने शक्तिहरुले स्वीकारेका छन्। संवैधानिक प्रक्रियामा सहभागी भएका छन्।’
अहिले संविधानका मूल्यमान्यताहरू सर्वस्वीकार्य भएको उनले बताए। सर्वस्वीकार्य बनाउने काममा एमालेले अगुवाइ गरेको बताउँदै त्यसमा पार्टीले गर्व गर्ने पनि ओलीले बताए।

ओलीले संविधानको रक्षा, विकास र कार्यान्वयनमा ध्यान जानुपर्ने औल्याउँदै आफ्नो पार्टीले प्रभावकारी भूमिका खेल्ने पनि बताएका छन्।

संविधान र संविधानसभा भन्नेहरुले नै संविधान बनाउने शक्तिलाई अवरोध गर्ने, माइकले हान्ने काम गरेको ओलीले बताए। ‘एमालेले त्यसको डटेर सामना गरेको थियो, नाकाबन्दीको सामना गरेको र स्वाभिमान र दृढताका साथ अघि बढेको थियो’, उनले भने, ‘त्यसको नेतृत्व हाम्रै पार्टीको सरकारले गर्‍यो। अरुले खुट्टा कमाएका बेला एमालेले अत्यन्त दृढताका साथ सामना गर्‍यो।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस