Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस २९, २०८१
  • होमपेज
  • समाचार
  • गण्डकीमा एमालेसंग भिड्न म एक्लै काफि छुः किसान श्रेष्ठ
समाचार

गण्डकीमा एमालेसंग भिड्न म एक्लै काफि छुः किसान श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू एकमात्र भए पनि नेकपा एमालेलाई भार पर्ने बताएका छन् ।

गण्डकी प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा प्रतिनिधित्व गर्ने उनी एकमात्र संघीय सांसद हुन् ।

विज्ञापन

‘गण्डकीमा माधव नेपाललाई कमजोर भनियो । उनीहरु (एमाले) १२र१३ जना छन्,’ पोखरामा आइतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा सांसद श्रेष्ठले भने, ‘प्रतिनिधि सभामा आफू एक्लो भए पनि म एक्लै भारी पर्नेछु ।’

विज्ञापन

गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा कुनै टिकट नदिएकै कारण कमजोर हुन पुगेको उनले बताए ।

उनले अब भने गण्डकीबाटै नेकपा एकीकृत समाजवदीको विजयको बिगुल फुकिसकेकोसमेत दाबी गरे ।

‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल कसरी बलियो हुन्छ रु’ उनले भने, ‘आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर ?’

आफू बीसौं वर्षदेखि ओली गुटमा रहे पनि गल्ती महसुस गर्दै माधव पक्षमा आएको उनको भनाइ थियो ।

ओलीले २ पटक संविधान विरोधी काम गर्दा पनि साथ दिएको बताउँदै उनले भने, ‘पछि गल्ती गरेको रहेछु भन्ने बुझें र शेरबहादुर देउवालाई विश्वासको मत दिएँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस