शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भीम रावलले दोहोर्‍याए : एमाले सुदूरपश्चिम ईन्चार्ज मै हो
समाचार

भीम रावलले दोहोर्‍याए : एमाले सुदूरपश्चिम ईन्चार्ज मै हो

अछाम।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन्। वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध समाधान गर्नुभन्दा पनि पेलेरै अघि बढ्न खोजेको रावलको आरोप छ।

विज्ञापन

प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा रावलले नेपालको संविधान जारी भएयता नै देशमा स्थिरता हुन नसकेको भन्दै नेपाली जनताले निर्वाचित गरेका प्रतिनिधिको सार्वभौम थलो संसद् भएको र यसले आफ्नो उपयोगितालाई सिद्ध गर्नुपर्ने बताए। नेता रावलले जनताप्रतिको उदासीनताकै कारण अहिले सरकारले बजेट खर्च गर्न नपाउने अवस्था सिर्जना भएको बताए।

विज्ञापन

नेपालको इतिहासमै पहिलो पटक यस्तो समस्या आए पनि सरकारलाई कुनै चिन्ता नरहेको रावलको दाबी छ। दुई महिना बितिसक्दासमेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को विडम्बना भएको उनको बताए। राजनीतिक दल विभाजित हुन नहुने भन्दै संविधान जारी गर्दा निकै मेहनतका साथ राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसद्‍मा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको उनले स्मरण गरे। तर, वर्तमान सत्ता साझेदार दलले अहिले कुनै एउटामा मात्रै २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याएर ठूलो गल्ती गरेको रावलको टिप्पणी छ।

देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको नेता रावलको आरोप छ। ‘नेपालीलाई तुइन काटेर नदीमा फालियो, अनधिकृत रूपमा नेपाली आकाशमाथि हेलिकप्टर उडाइयो, एमसीसी पास गर्न दवाब दिँदै नेताको दैलो चहारियो। तर, यसका विरुद्ध कुनै ठोस कार्य भएन’, नेता रावलले थपे, ‘लिपुलेक लिम्पियाधुरा, कालापानीलाई सरकारले यो समस्या हो भन्यो।’

पार्टी विधान अनुसार आफू पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम ईन्चार्ज रहेको उनले बताए। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि त्यही कुरा कुरा भएको र सुदूरपश्चिममा समस्या भएको अवस्थामा आफूसहित लेखराज भट्ट र कर्ण थापाको टोलीले सहजीकरण गर्न निर्देशन आएको रावलको भनाई छ। सबै नेता कार्यकर्ताको प्रयासले एमाले पुरानै अवस्थामा आउने रावलले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस