शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरी
समाचार

एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन्। चौधरीको नेतृत्वमा शुक्रबार लुम्बिनी प्रदेश कमिटी निर्माण भएको हो।

प्रदेश कमिटीको प्रथम बैठकले केन्द्रीय सचिवालयको निर्देशन अनुसार चौधरीलाई अध्यक्षका रुपमा सिफारिस गरेको हो।

विज्ञापन

प्रदेश अध्यक्षमा सारिएका चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद पनि रहेका छन्। उनी एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक थिए।

विज्ञापन

कमिटीको सचिवमा राजु गुरुङलाई अघि सारिएको छ। प्रदेशका सबै जिल्ला अध्यक्षहरुलाई सदस्य राखेर कमिटी बनाइएको सचिव गुरुङले बताएका छन्।

यो कमिटीलाई आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठक र प्रदेश भेलापछि पूर्णता दिने तयारी छ। त्यस्तै शुक्रबारकै भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लामा भेला र बैठक गर्ने निर्णय पनि लिएको छ।

लुम्बिनीमा यसअघि नै नेकपा एकीकृत समाजवादीको इन्चार्जका रुपमा भागवत विश्वासीले काम थालिसकेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस