On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • इन्चार्ज माग्न गएका रावललाई ओलीको जवाफ: ‘फेरि अर्को लफडा नझिक्नुस’
समाचार

इन्चार्ज माग्न गएका रावललाई ओलीको जवाफ: ‘फेरि अर्को लफडा नझिक्नुस’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भएपनि अध्यक्ष ओलीले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न भनेका हुन् ।

विज्ञापन

भट्ट गत फागुन २३ पछि एमाले सुदुरपश्चिम इन्चार्ज तोकिएका हुन् । त्यसबेला रावल माधव नेपाल समुहमा रहेका थिए । माधव नेपाल सहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन ओलीसँगै बसेका थिए । १० बुँदे कार्यदलका संयोजक समेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वत आफै हुनुपर्ने पक्षमा छन् ।

विज्ञापन

तर रावलको उक्त चाहाना अध्यक्ष ओलीका कारण पुरा हुन नसक्ने भएको छ ।

सुदुरपश्चिम संयोजकमा रावल र भट्टबीच विवाद भएपछि आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल,महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बोलाएका थिए । ‘कार्यविभाजन यथावत छ । जिम्मेवारी परिवर्तन भएको छैन’बालकोटमा ओलीले रावललाई भनेका थिए,‘तपाई उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’

ओलीले नेताहरुकाबीचमा प्रस्ट भनेका थिए, ‘जेठ २ जस्ताको तस्तै लागु हुदैन । यसमा प्रस्ट हुनुस् ।’

तर छलफलमा भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुन आफुले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान ओलीसमक्ष राखेका थिए ।

‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो’, रावलले बालकोटमा ओलीको भनाइप्रति असहमति प्रकट गरेका थिए ।

तर ओलीले रावलको भनाइप्रति असहमति जनाउदै सहजीकरणको मात्रै नेतृत्व लिन निर्देशन दिएका थिए ।

‘हिजोको नेकपा एमाले, नेकपा अनि अहिलेको नेकपा एमालेको अस्तित्व छ, त्यहाँ कमिटी छन् र जिम्मेवारी तोकिएका छन्, त्यसैले जिम्मेवारी पनि त्यसैअनुरुप नै हुन्छ’, ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘नेकपा एमालेले जुन कार्यविभाजन गरेर जिम्मेवारी तोकेको छ त्यो यथावत रहन्छ ।’

नेकपा एमालेले १० बुँदे कार्यान्वयनका सन्र्दभमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र कर्ण थापालाई जिम्मेवारी दिएको छ ।

‘हामी तीन जनाले सहजीकरण मात्रै गर्ने हो’, नेता कर्ण थापाले भने, ‘तीनजना मध्ये उपाध्यक्ष भएको नाताले नेता रावलले सहजीकरणको मात्रै नेतृत्व गर्ने सहमति बनेको छ ।’

थापाले प्रदेश कमिटीको अध्यक्ष आफु र प्रदेश इन्चार्ज लेखराज भट्ट नै भएको दावी गरे ।

सर्वोच्च अदालतले २३ फागुनमा ब्यूँताएको एमालेमा विवाद बढेपछि समाधानका लागि असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलबीच १० बुँदे सहमति भएको थियो । उक्त सहमतिमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र कार्यदिशा र विधानको व्यवस्था बमोजिम ०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस