शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालको साथ छाड्नेलाई ओलीको पुरस्कार, कस्लाई के
समाचार

माधव नेपालको साथ छाड्नेलाई ओलीको पुरस्कार, कस्लाई के

काठमाडौं । नेकपा एमाले विभाजन गर्न लागेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकटस्थ हस्तीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् । ओलीले महत्वपूर्ण अवसर दिने प्रतिवद्धतासहित माधव नेपालको पक्षमा रहँदै आएका पार्टी पदाधिकारीहरुलाई रोक्न सफल भएका छन् ।

ओलीले यसअघि नै उपाध्यक्ष भीम रावललाई रोकिसकेका थिए । रावलसँग पटक पटक छलफल गरेर रणनीति समेत बनाएको बुझिएको छ । जस अनुसार माधव नेपालको साथ छाड्ने नेताहरुलाई जिम्मेवारी दिएर शक्ति बाँडफाँड गरी पार्टी विभाजनको पक्षमा जानबाट रोक्ने थियो ।

विज्ञापन

ओलीले रावललाई एमालेमा आफूपछि दोस्रो वरियतामा राख्ने सहमति गरेको विश्वस्त स्रोतले बताएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने सहमति बनिसकेको छ । शाक्यले केही दिन अघि नै पार्टी विभाजनको पक्षमा नजाने बताइसकेकी छिन् ।

विज्ञापन

अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि माधव नेपाल पक्षमा गएनन् । उनले पनि हाल रहेको पदाधिकारीसहित महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन् ।

माधव नेपालको साथ छाडेका गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य पनि पदाधिकारीका रुपमा यथावत् रहने बुझिएको छ । तीनै जनाले महत्वपूर्ण जिम्मेवारी समेत पाउने भएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस