शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • ओलीले भने: जालझेल भयो, एमाले फुटाए राम्रो हुँदैन
Breaking News

ओलीले भने: जालझेल भयो, एमाले फुटाए राम्रो हुँदैन

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रोशित बनेका छन् ।

उनले दल विभाजन सम्बन्धी अध्यादेश लागू गरी एमाले फुटाए सरकारलाई महँगो पर्ने चेतावनी दिएका छन् । उनले यो अध्यादेश एमाले फुटाउनकै लागि ल्याइएको बताए ।

विज्ञापन

मंगलबार संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘जालझेल र षड्यन्त्रपूर्ण ढंगबाट संसद बन्द गरेर सरकारले दल विभाजन अध्यादेश ल्याएको छ । यो लागू भएर एमाले फुटेमा सरकारलाई महँगो पर्नेछ ।’

विज्ञापन

अध्यक्ष ओ‌लीले सबैलाई एकताबद्ध एमालेको पक्षमा उभिन आग्रह गरे । सरकार विभिन्न कुरा भत्‍काउने खेलमा लागेको उनले बताए । शेरबहादुर देउवा नेतृत्वको सरकार जनविरोधी र गरिबमारा सरकार भएको पनि उनले आरोप लगाए ।

अध्यक्ष ओलीले भूमि सम्बन्धी समस्या आयोग तत्काल गठन गर्न पनि माग गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस