शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • माफी मागेका महतोले फेरि दिए नेपाल टुक्राउने चेतावनी
Breaking News

माफी मागेका महतोले फेरि दिए नेपाल टुक्राउने चेतावनी

काठमाडौं ।  तत्कालिन ओली सरकारमा उपप्रधानमन्त्री भएका बेला बहुल राष्ट्रिय राज्यको वकालत गर्दा चरम विवादमा परेपछि रातारात विज्ञप्ति निकालेर माफी मागेका जनता समाजवादी पार्टीले पदाधिकारीबाट हटाएका राजेन्द्र महतोले फेरि नेपाल टुक्राउने चेतावनी दिएका छन् ।

नेपालको नागरिकता समेत नरहेको आरोप लागिरहेका नेता महतोले नेपाललाई नै टुक्रा टुक्रा पार्ने ‘बहुल राष्ट्रिय राज्य’ स्थापना गर्ने चेतावनी दिंदै त्यसका लागि संघर्ष गर्ने चेतावनी दिएका छन्।

विज्ञापन

शनिबार काठमाडौंमा आयोजित आफूपक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे। उनले भने, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाईं लडने हो। यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने। त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो। त्यसका लागि तराई र मधेस तयार छ। पहाड र हिमालका जनता पनि तयार हुनुपर्‍यो।’

विज्ञापन

कार्यक्रममा बोल्दै शीर्ष नेता ठाकुरले सांसद रेशम चौधरीलगायतका मधेस आन्दोलनका क्रममा बन्दी बनेका, झुटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाइ नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाई आग्रह गरे।

अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए। उनले मन्त्रिपरिषद्‍लाई पूर्णता दिन नसक्ने वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि बताए।

नेता भण्डारीले आफूहरुले राज्यसँग मधेस आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पारे। उनले मधेस आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा फिर्ता लिने, बन्दी जीवन बिताइरहेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाइ गर्न पनि सरकारसँग आग्रह गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस