On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माधव नेपालसँग कति शक्ति
समाचार

माधव नेपालसँग कति शक्ति

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विस्तारै शक्ति सञ्चय गरिरहेका छन् । नेकपा छँदा चौंथो वरियतामा रहेका नेपाल निकै कमजोर थिए । पार्टीमा उनी भूमिकासुन्य जस्तै थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी पक्षधर दुईजनाले बल्लतल्ल मन्त्री पद पाएका थिए । त्यो पनि मन्त्रालयमा ओलीकै मात्र चल्थ्यो ।

माधव नेपाल ओली प्रधानमन्त्री हुँदा निकै पेलिए । उनी ललिता निवास जग्गा प्रकरणमा समेत मुछिए । ओलीले उनलाई जेल हाल्न खोजेको सम्मको चर्चा चल्यो । नेपालले आफ्नै पक्षका सांसद र केन्द्रीय सदस्यहरु गमुाउँदै गएका थिए ।

विज्ञापन

एमाले र माओवादी ब्युँतिएपछि माधव नेपाललाई ठूलो धक्का लाग्यो । प्रचण्ड र उनी तत्कालीन नेकपाको अध्यक्ष घोषित भइसकेका थिए । तर, सर्वोच्चको एमाले र माओवादी ब्युँताउने फैसलाले नेपाललाई धक्का लाग्यो । उनले एमालेमै बसेर संघर्ष गर्ने निर्णय लिए ।

विज्ञापन

एमालेमा रहेर ओलीविरुद्ध संघर्ष गरिरहे । ओलीको सत्ता ढाल्न महत्वपूर्ण भूमिका खेले । त्यसअघि सुदूरपश्चिम र कर्णालीमा माओवादी नेतृत्वको सरकार जोगाउन भूमिका खेले । राष्ट्रिय सभामा कलम चिन्हबाट खिमलाल देवकोटा विजयी बनाए । नेपालले ओलीलाई निरन्तर कमजोर बनाउँदै लगे ।

अहिले माधव नेपालसँग एमालेका २३ जना सांसद खुलेरै देखिएका छन् । जसमध्ये २२ जना शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षका सांसद पनि हुन् । झलनाथ खनाल समेत जोड्दा २३ पुग्छ । बामदेव गौतम पनि उनकै पक्षमा छन् । माधव नेपालसँग नजिक भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्यलगायत टाढिएका छन् । उनीहरुले कता लाग्ने निर्णय लिइसकेका छैनन् ।

बागमती प्रदेश र प्रदेश नं १ मा माधव नेपाल पक्षधर सासदको उल्लेख्य संख्या छ । उनीहरु ओलीनिकट मुख्यमन्त्रीहरुलाई हटाउन निर्णायक बन्न सक्छन् । सुदूरपश्चिम प्रदेशमा माधव नेपाल समूहका सांसदहरु एमाले संसदीय दलमा बहुमतमा छन् ।

अहिलेको सरकारमा माधव नेपालको प्रभाव छ । उनले देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

एमाले केन्द्रीय कमिटीमा माधव नेपाल पक्षधर ४० प्रतिशतका् हाराहारीमा छन् । नवौं महाधिवेशनबाट निर्वाचितमध्ये २०३ केन्द्रीय सदस्य हाल रहेकामा नेपालसँग ८० भन्दा बढी छन् ।

ओली सत्ताबाट हटेपछि माधव नेपालले शक्ति बढाएका छन् । उनी राजनीतिमा निर्णायक शक्ति बने । ३ वर्षपछि माधव नेपालको दिन फिरेको छ । उनी विगतको तुलनामा निकै शक्तिशाली भएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस