शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘देउवा सरकार धेरै टिक्दैन, धेरै टिके वैशाखसम्म’ – हृदयेश त्रिपाठी
समाचार

‘देउवा सरकार धेरै टिक्दैन, धेरै टिके वैशाखसम्म’ – हृदयेश त्रिपाठी

हृदयेश त्रिपाठीको दावी– पार्टी महाधिवेशनलगत्तै देउवाले संसद विघटन गर्छन्

रुपन्देही ।

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् । त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु वैैशाखसम्मको मात्र भएको दावी गरे ।

विज्ञापन

गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना बाहिर आउन थालेको तर्क गरेका हुन् ।

विज्ञापन

त्रिपाठीले कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको जानकारी आफूले पाएको दावी गरे । सरकार चलाउन कति गाह्रो रहेछ भन्ने कुरा सरकारले पूर्णता नपाउनुले पुष्टि गरेको उनको भनाइ छ ।

संघदेखि प्रदेशसम्मको सरकार परिवर्तनले अहिलेको संरचना नै अस्थिर भएको देखिएकाले प्रदेश नै भंग हुने अवस्थाको बहस भइरहेको त्रिपाठीको भनाइ छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस