शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अक्षम भनेर प्राधिकरणबाट निकाल्न पाइँदैन, वैकल्पिक बाटो दिँदा जान्छु : हितेन्द्रदेव शाक्य
समाचार

अक्षम भनेर प्राधिकरणबाट निकाल्न पाइँदैन, वैकल्पिक बाटो दिँदा जान्छु : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई राजीनामाको अनुरोध वा निर्देशन कहिँकतैबाट नआएका दावी गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक बाटा दिइए प्राधिकरण छाड्न तयार भएको तर अक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने बताए । ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु’, उनले भने, ‘अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

विज्ञापन

प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएसँगै शाक्यले यस्तो बताएका हुन् । देउवाले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउन चाहेका छन् भने सोही अनुसारको तयारी गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिइसकेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस