शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • उमेश श्रेष्ठले गरेका निर्णय रोक्न देउवाको निर्देशन
समाचार

उमेश श्रेष्ठले गरेका निर्णय रोक्न देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएका छन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका देउवाले उनले गरेको निर्णयमा समेत हस्तक्षेप गरेका छन् ।

श्रेष्ठले हिजोमात्रै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गरेका थिए । उक्त निर्णय गरेको एक दिनमै देउवाले उनले गरेको त्यो निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएका छन् ।

विज्ञापन

श्रेष्ठले गरेको राज्यमन्त्रीस्तरीय निर्णय तत्कालका लागि स्थगित हुने भएको छ । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।

विज्ञापन

यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस