शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • निषेधाज्ञामा पनि धमाधम भईरहेको छ रङ्गशाला निर्माणको काम
समाचार

निषेधाज्ञामा पनि धमाधम भईरहेको छ रङ्गशाला निर्माणको काम

चितवन ।  कोभिड–१९ को नयाँ भेरियन्टको महा’मारीका कारण जारी निषेधाज्ञाका बीचमा पनि रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य रोकिएको छैन । जनस्वास्थ्यका सबै मापदण्ड अवलम्बन गरी रङ्गशाला निर्माण अभियानमा जनशक्ति निरन्तर खटिइरहेका छन् ।

 

विज्ञापन

 

विज्ञापन

अहिले पनि १०१ जना कामदारले रङ्गशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेकोे ‘धुर्मुस–सुन्तली फाउन्डेसन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ बताउँछन् । बन्दै गरेको रङ्गशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि आकार लिइसकेको बताउँदै उनले यही गतिमा काम अघि बढ्दा अबको एक वर्षमा रङ्गशाला तयार भइसक्ने दाबी गरे । अहिलेसम्म रङ्गशालाको मैदानको काम ९० प्रतिशत सकिएको र प्यारापिटको काम पनि ३० प्रतिशत सकिएको उनले बताए ।

 

 

 

रङ्गशालामा अहिले स्ट्याण्ड ए र बी २८६ वटा पिल्लर उठिसकेका छन् । निर्माणाधीन संरचनाको पूर्व र पश्चिमपट्टि १५–१५ हजार दर्शक क्षमताको साधारण प्यारापिटको पिलर उठाउने काम भइरहेको छ । उत्तर र दक्षिणपट्टि भिआइपी प्यारापिटको जग ढलानको काम सुरू भएको छ । ७५ मिटर रेडियसको मैदानमा सात वटा पिच हुनेछन् । प्लिन्थ बिममाथिको पिल्लरको ढलान हुँदै छ  । ७५ मिटर रेडियसको मैदानमा सात वटा पिच हुनेछन् । प्यारापिटमा ३६८ वटा पिल्लर रहने छ ।

 

 

तीन हजार दर्शक बसेर हेर्न मिल्ने पहिलो चरणको प्यारापिट तयार हुँदैछ । खेलमैदानमा दुबो रोप्नेबाहेकका अरु सबै काम पूरा भएका छन् । समग्र संरचनाको ३० प्रतिशत काम भइसकेको र अभावका बीच पनि छोटो समयमा धेरै काम भएको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस