शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • महन्थ र राजेन्द्र बालुवाटारमा: सत्ता सहकार्यबारे थप सहमति हुँदै
समाचार

महन्थ र राजेन्द्र बालुवाटारमा: सत्ता सहकार्यबारे थप सहमति हुँदै

काठमाडौ ।  जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने अन्तिम तयारी गरेका छन् । लामो समयदेखि छलफलमा रहेको ठाकुर र महतो अन्तिम छलफलका लागि बालुवाटार पुगेका छन्

सोमबार बिहान ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनीहरू बालुवाटार पुगेका हुन् । उनीहरूबीच अहिले छलफल भैरहेको बालुवाटार स्रोतले बताएको छ ।

विज्ञापन

जसपामा पार्टी फुटाउने सम्मको अभ्यास भैरहेका बेला उनीहरू सरकारमा सहभागी हुन लागेका हुन् । पार्टीमा एक पक्षले कारवाहीको तयारी समेत भइरहेको छ ।

विज्ञापन

छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी भएका छन् । जसपालाई ८ मन्त्रालय सहित २ राज्यमन्त्री दिने यसभन्दा अगाडी नै सहमति भैसकेको छ। स्रोतका अनुसार ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस