शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गिरिजा, प्रचण्ड र माधव नेपाल गणतन्त्रका महानायक हुन् : वामदेव गौतम
समाचार

गिरिजा, प्रचण्ड र माधव नेपाल गणतन्त्रका महानायक हुन् : वामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपाल गणतन्त्रका महानायक भएको बताएका छन्। शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै नेता गौतमले तीनै नेतालाई महानायकका रुपमा सम्झेका हुन्।

गौतमले भनेका छन्,‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न। अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’

विज्ञापन

एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको गौतमले बताए। पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताए। तथापि गौतमले ती नेताहरुको नाम भने लिएका छैनन्।

विज्ञापन

‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो’ एमाले नेता गौतम भन्छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ।’

एमाले नेता गौतमले गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई श्रद्धा’ञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान समेत गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस