शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चामेका ३६ घर जोखिममाः बस्ती डुबानमा
समाचार

चामेका ३६ घर जोखिममाः बस्ती डुबानमा

मनाङ । निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ । खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ ।
पश्चिम बंगालखाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली यास चक्रवातका कारण जिल्लाको तल्लो भागमा धेरै पानी परेपछि अहिले बस्ती नै जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जोखिममा परेको घरपरिवारलाई स्थानान्तरण गरिएको छ । ‘लामो समयसम्म लगातार परेको पानीले खोला बढेको छ, जोखिमयुक्त घरपरिवारलाई छिमेकी वडामा स्थानान्तरण गरेका छौंँ’, लामिछानेले भन्नुभयो, ‘सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय उद्धारमा खटिरहनुभएको छ, बस्तीका मानिसलाई भने सुरक्षित स्थानमा व्यवस्थापन गरिरहेका छौं ।’
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले भन्नुभयो, ‘निरन्तरको वर्षाले गर्दा क्षति पुगेका क्षेत्रमा अनुगमनमा गएको थिएँ, आफ्नै झण्डै बाढीले बगाएन, घरपरिवारले समयमै थाहा पाएर भागेछन् ।’ ‘कोभिडका समयमा संक्रमितको व्यवस्थापन र लगातारको वर्षाले क्षति पुगेको ठाउँ अवलोकन तथा अनुगमनमा निस्कँदा यता आफैंँ जोखिममा परिएछ,’ घलेले भन्नुभयो ।(रासस)

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस