शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपाल समुहका युवा नेताले दर्ता गरे नयाँ पार्टी
समाचार

माधव नेपाल समुहका युवा नेताले दर्ता गरे नयाँ पार्टी

काठमाडौं- नेकपा एमाले माधव नेपाल समुहका एक युवा नेताको नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता भएको भेटिएको छ । युवा नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको दर्ता भएको भेटिएको हो ।

बैसाख ७ गते दल दर्ताको निवेदन दिएको उक्त पार्टीको प्रमाणपत्र आउन बाँकी रहेको बताइएको छ । माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेको बताइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव हो कि भन्ने आशंका बढेको छ ।

विज्ञापन

उक्त पार्टीको चुनाव चिन्ह भने कलम मागिएको छ ।

विज्ञापन

दर्ता भएको नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुला, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस