शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभा उपनिर्वाचन मतगणना अपडेटः खिमलाल देवकोटा (१२८), रामबहादुर थापा (१०३) मत
समाचार

राष्ट्रिय सभा उपनिर्वाचन मतगणना अपडेटः खिमलाल देवकोटा (१२८), रामबहादुर थापा (१०३) मत

हेटौँडा।राष्ट्रिय सभा सदस्य उपनिर्वाचन अन्तरगतको अहिले मतगणना कार्य चलिरहेको छ ।

जारी मतगणनामा स्थानीयतर्फको गणना सकिएको छ । जसमा कलम चुनाव चिन्ह रहेका खिमलाल देवकोटाले अग्रता लिएका छन् । देवकोटाले १२८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्द्धी एमालेका रामबहादुर थापाले १०३ मत प्राप्त गरेका छन् । यस्तै मादललाई २ मत प्राप्त भएको छ । आज विहानदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म चलेको थियो ।

विज्ञापन

मतदानमा कुल ३३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सांसदतर्फ १०९ मध्ये १०५ मत खसेको थियो भने स्थानीय तहतर्फ २३८ मतदाता मध्ये २३३ मत मात्रै खसेको कार्यालयले जनाएको छ ।

विज्ञापन

प्रदेश सांसदतर्फ विवेकशील साझाका तीनजना सांसद मतदान प्रक्रियामै सहभागी भएनन्। यो पटक विवेकशील ‘नो भोट’ को पक्षमा उभिएको थियो ।
त्यस्तै माओवादीका दोलखाबाट निर्वाचित समानुपातिक सांसद हिमाली गोले मतदानमा सहभागी भइनन्। उनी बिरामी भएर उपस्थिति नभएको बताएकी छन् ।

स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन्। जसमा दोलखाको मैलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, भक्तपुरका मेयर एवम् नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र उपप्रमुख कोपिला पण्डित पनि आजको मतदान सहभागी भइनन्। यस्तै धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ पनि मतदानका लागि हेटौँडा आएनन्।
बागमतीबाट राष्ट्रियसभाका लागि एमालेका रामबहादुर थापा बादल र स्वतन्त्र हैसियतमा डा। खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धामा छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस