शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सर्वोच्चको आदेशले पूर्वमाओवादी ७ नेताको मन्त्री पद गयो
समाचार

सर्वोच्चको आदेशले पूर्वमाओवादी ७ नेताको मन्त्री पद गयो

काठमाडौं । सर्वोच्च अदालतले सांसद नभएका ७ जनालाई दोस्रोपटक मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको दोस्रोपटक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत् बदर गरेको हो ।

अदालतको अन्तरिम आदेशपछि ७ पूर्वमाओवादी मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । पदमुक्त हुनेमा पूर्वमाओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा सांसद छैनन् । बादल गृहमन्त्री थिए भने रायमाझी ऊर्जामन्त्री थिए ।

विज्ञापन

प्रधानन्यायाधीश राणाको इजलासले सांसद सदस्य नभएको व्यक्ति एकपटक ६ महिनामात्र मन्त्री हुन पाउने र अर्कोपटक फेरि हुन नपाउने ठहर गरेको छ । पहिलोपटक मन्त्री बन्दा ६ महिना अवधिपछि पनि संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्थाबारे उल्लेख गरिएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस