शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्री ओलीविरुद्धको मुद्दाको छिनोफानो हुँदै
Breaking News

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दाको छिनोफानो हुँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मुद्दाको छिनोफानो मंगलबार हुने भएको छ । ओलीले शपथ लिने क्रममा उच्चारण गरेको ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्च अदालतमा चार वटा रिट परेका छन्। चारै रिटमाथि मंगलबार सुनुवाइ तोकिएको छ।

३१ वैशाखमा शपथ खुवाउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने दोहोर्या‍उँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए। प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दा राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन भएको भन्दै सर्वोच्चमा रिट परेका हुन्।

विज्ञापन

त्यसविरुद्ध वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले रिट दायर गरेका छन्। त्यस्तै, अधिवक्ता सन्तोष भण्डारी, राजकुमार सुवाल र नवराज अधिकारीले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

विज्ञापन

चारै वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेल जानकारी दिए। “चारै रिट दर्ता भएका छन्, मंगलबारका लागि सुनुवाइ तोकिएको छ,” पौडेलले भने।

रिटमा ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८।१।३१ मा भएको सपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक सपथग्रहण गर्नु र गराउनु भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ’ भन्ने माग गरिएको छ।
रिटमा भनिएको छ, ‘‘साथै प्रधानमन्त्री तथा मन्त्रीले लिने सपथको ढाँचासहितको संघीय कानुन अविलम्ब बनाउनु भनी विपक्षीहरुको नाममा परमादेशको समेत आदेश जारी गरी पाऊँ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस