शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओली-नेपालबीच फेरि विवाद, कुरा मिल्ने सम्भावना कम
समाचार

ओली-नेपालबीच फेरि विवाद, कुरा मिल्ने सम्भावना कम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको विवादले फेरि नयाँ रुप लिएको छ । ओली समूह जेठ २ २०७५ को अवस्थामा फर्कन नमानेपछि विवाद देखिएको हो ।

जेठ २ बाट टेकेर जाऔं भन्दा ओली फेरि नयाँ ढंगबाट जान कार्यदल बनाएर सुझाव लिएर बढ्ने पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओलीका सल्लाहकार डा. राजन भट्टराईले जेठ २ मा फर्कन नसकिने र २८ फागुनमा ओलीले लिएको निर्णय पनि फिर्ता हुन नसक्ने बताइसकेका छन् ।

विज्ञापन

यसअघि ओली जेठ २ मा टेकेर जानेबारे सकारात्मक बनेका थिए । तर, धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेपछि ओली फेरि माधव नेपाल समूहलाई पेलेरै जाने रणनीतिमा पुगेको देखिदैछ ।

विज्ञापन

ओलीले माधव नेपालसहित ४ नेतामाथिको कारबाही मात्र फुकुवा गरेका छन् । एमालेको नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीलाई यथावत् राख्न मानेका छैनन् । पदाधिकारीमा ओलीको भन्दा नेपाल समूहको बहुमत छ । त्यसैले उनी त्यसलाई पुर्नजिवित गर्न चाहिरहेका छैनन् ।

एमाले विवाद मिलाउन कार्यदल नै बनाउन ओली तयार नदेखिएपछि मिल्ने सम्भावना कमजोर भएको छ । यसले ओली र नेपालबीच फेरि टकराव बढ्ने देखिदैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस