बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • पुरानो मेडिकल कलेजले १० दिनभित्रै नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्ने, दैनिक २०० बढि सिलिण्डर अक्सिजन उत्पादन हुने
समाचार

पुरानो मेडिकल कलेजले १० दिनभित्रै नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्ने, दैनिक २०० बढि सिलिण्डर अक्सिजन उत्पादन हुने

चितवन ।चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरले १० देखि १५ दिनभित्रै अक्सिजनको नयाँ प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । कलेजले नवलपुरको गैंडाकोटमा नयाँ प्लान्टबाट अक्सिजनको उत्पादन गर्न लागेको कलेजका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।

सो प्लान्टबाट दैनिक २०० देखि २५० सिलिण्डर अक्सिजन उत्पादन हुने निर्देशक डा. प्रधानले बताए । ‘अहिले चितवनका अस्पतालमा अक्सिजनको अभाव जस्तो देखिएको छ, अभावमा कमी ल्याउन यसले मद्धत गर्छ भन्ने विश्वास छ’ निर्देशक डा. प्रधानले भने, ‘बढीमा १५ दिनभित्र हामी उत्पादन गर्न सक्छौं ।’

विज्ञापन

विद्युतीय सामग्रीको जडान तथा भारतबाट आउनुपर्ने केही सामान आउने क्रममा बाटोमा नै रहेकाले १५ दिनभित्र सञ्चालनमा आउने डा. प्रधानले जानकारी दिए । यो उद्योगलाई चौबिसै घण्टा चलाउने गरी तयारी गरिरहेको उनी बताउँछन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस