बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • नेपाल समुहमा पनि वि’द्रोहको सुरुवात: नेताहरूले छोड्न थाले साथ
समाचार

नेपाल समुहमा पनि वि’द्रोहको सुरुवात: नेताहरूले छोड्न थाले साथ

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहमा पनि वि’द्रोहको सुरुवात भएको छ । आफ्नै पार्टीको सरकार ढाल्न एमालेकै सांसदहरू प्रयोग भएको भन्दै नेताहरूले साथ छाड्न थालेका छन् ।

यस्तैमा कर्णाली प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता दल रावलले आफू माधव नेपाल समूहमा नरहेको घोषणा गरेका छन् । उनी नेपाल समुहका प्रभावशाली नेता मानिन्छन ।

विज्ञापन

उनले आफ्नै पार्टीको सरकार ढा’ल्न एमालेकै सांसदहरू प्रयोग भएकोमा अचम्म लागेको भन्दै सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका छन् ।

विज्ञापन

उनले एक अपिल मार्फत नेपाल समूहलाई ‘युगखाने सम्भावना भएका आदरणीय कमरेडहरु छाक खाने’ भन्दै व्यंग्य गरेका छन् ।

बुधबार पार्टी भित्र रहेको केही असहमति र अन्तरसं’घर्षलाई उचित ब्यबस्थापन गरि पार्टीलाई गतिशील बनाउनुको सट्टा पार्टीलाई कमजोर बनाउने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई विस्थापित गरी ‘युगखाने सम्भावना भएका आदरणीय कमरेडहरु छाक खाने’ बाटोमा नलाग्न समेत अनुरोध गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस