शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • महन्थ ठाकुर पार्टीको अध्यक्ष त हुन्, तर संसदीय दलको नेता होइनन् : उपेन्द्र यादव
समाचार

महन्थ ठाकुर पार्टीको अध्यक्ष त हुन्, तर संसदीय दलको नेता होइनन् : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर एक्लैले गरेर केही नहुने बताएका छन्। यादवले भने, ’उहाँ एक्लैले गरेर केही हुँदैन। उहाँ अध्यक्ष हो तर संसदीय दलको नेता होइन।’

उनले पार्टीको संसदीय दलको नेता चयन भएपछि आधिकारीक निर्णय राष्ट्रपतिकोमा जाने बताए। महन्थ ठाकुरले गरेको कार्य विधिसम्वत नभएको भन्दै यादवले पार्टीमा छलफल भइरहेको र आवश्यक परे कारबाहीसम्मको नीति अख्तियार गर्ने बताए।

विज्ञापन

जसपाभित्र यादव र संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराई प्रधानमन्त्री ओलीलाई साथ दिन नहुने बताउदै आएका छन्। तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कुनै पनि सरकारमा सहभागी नहुने बताउदै आएका छन्। ठाकुर पक्ष कुनै पनि हालतमा नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बन्न नदिने तयारीमा जुटेको छ।

विज्ञापन

सोमबार दिउँसो प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव असफल भयो। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवको माग बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न बैशाख ३० गते राति ९ बजेसम्मको समय सोमबार दिएकी छन्।

विपक्षी गठबन्धन कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गठबन्धन सरकारका लागि संयुक्त प्रयास अघि बढाएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस