शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सूर्य थापा भन्छन्: सुकेका पात झर्छन्, एमाले पछाडी फर्किन्न
समाचार

सूर्य थापा भन्छन्: सुकेका पात झर्छन्, एमाले पछाडी फर्किन्न

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन नसक्ने बताएका छन् । थापाले माधव नेपाल समूहलाई सुकेको पातको संज्ञा दिँदै यस्ता पात झर्छन् भनेर चिन्ता नगर्न आग्रह गरेका छन् ।

थापाले कुनै हालतमा एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताएका छन् । माधव नेपाल पक्षले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ तर्फ अघि बढ्ने बताएका हुन् ।

विज्ञापन

थापाले नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिदै ती नेताहरुको माग पूरा नहुने प्रष्ट पारेका छन् ।

विज्ञापन

थापाले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस