शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक प्रमुख प्रतिपक्षी नेता र सभामुखबाट बहि’ष्कार
समाचार

ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक प्रमुख प्रतिपक्षी नेता र सभामुखबाट बहि’ष्कार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन्। अध्यादेशअनुसार संवैधानिक निकायमा नियुक्तिको प्रकिया अघि बढाउन बैठक बोलाएका हुन्।

प्रधानमन्‍त्रीले बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा दुवै नजाने भएका छन्। संसदलाई छलेर ल्याएको अध्यादेशअनुसारको नियुक्ति संवैधानिक नहुने भन्दै उनीहरू त्यस्तो बैठकमा नजाने बताएका हुन्।

विज्ञापन

संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। गतमंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ जारी गरेकी थिइन्।

विज्ञापन

अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय मान्य हुने व्यवस्था नयाँ अध्यादेशमा छ । अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।

परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले उपसभामुखको पद रिक्त छ । प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष बैठकमा सहभागी भए नयाँ अध्यादेशअनुसार कोरम पुग्छ प्रधानन्यायाधीश पनि सहभागी नभए निर्णयका लागि गणपूरक संख्या पुग्दैन।

लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पद रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि सदस्य पद खाली छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस