शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सामूहिक राजीनामा दिने तयारीमा नेपाल पक्षका सांसद, प्रधानमन्त्री ओलीलाई २४ घण्टे अल्टिमेटम
समाचार

सामूहिक राजीनामा दिने तयारीमा नेपाल पक्षका सांसद, प्रधानमन्त्री ओलीलाई २४ घण्टे अल्टिमेटम

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नरहेको निष्कर्ष निकाल्दै असन्तुष्ट माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा एमालेको संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभए आज (आइतबार) साँझ वा भोलि सोमबार बिहानसम्म सामूहिक राजीनामा दिने तयारी नेपाल पक्षका सांसदले गरेका हुन्।

विज्ञापन

शनिबार साँझ काठमाडौंमा सम्पन्न माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदको बैठकले आफ्नो अडानबाट फर्किन ओलीलाई २४ घण्टाको अल्मिेटम दिएको एक नेताले जानकारी दिएका छन्।

विज्ञापन

आइतबार साँझसम्म ओली पार्टीलाई २०७५ जेठ २ (माओवादी केन्द्रसँग एकता गर्नुअघि) को अवस्थामा फर्काउन तयार भए राजीनामा रोकिने नत्र साँझ स्थायी कमिटी बैठक बसेर साँझ स्थायी कमिटी बैठक राखेर आफूहरू अघि बढ्ने उनीहरूले बताएका छन्।

माधव नेपाल पक्षका एक सांसदका अनुसार सामूहिक राजीनामाका लागि यो पक्षका सबै सांसदले नेपाल नेतृत्वलाई हस्ताक्षरसमेत बुझाइसकेका छन्।

भोलि वैशाख २७ गते बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दैछन्। त्यसबेला कर्णालीमा जस्तै फ्लोर क्रस गर्नु अनुशासनविपरीत हुने भएकाले बरु त्यसअघि नै सामूहिक राजीनामा दिनु उपयुक्त हुने निष्कर्षमा नेपाल पक्षका सांसद पुगेका हुन्।

शनिबार बसेको नेपाल पक्षका सांसदको बैठकले पार्टी एकताका लागि अहिलेसम्म गरिएको भेटवार्ताको समीक्षा गरेको थियो। यस क्रममा अध्यक्ष ओली आफ्नो अडानबाट टसको मस नभएकाले अब मिल्ने सम्भावना नरहेको निष्कर्ष बैठकले निकालेको हो।

नेपाल समूहमा ३५ जना सांसद छन्।

सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा अवैधानिक ठहर गर्दै यसमा मिसिएका नेकपा एमाले र माओवादी केन्द्र अलग गराइदिएको हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस