On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • नयाँ रणनीति : देउवालाई प्रधानमन्त्री बनाइने, नेपाल पक्षका २० सांसदलाई उपचुनाव जिताइने
Breaking News

नयाँ रणनीति : देउवालाई प्रधानमन्त्री बनाइने, नेपाल पक्षका २० सांसदलाई उपचुनाव जिताइने

काठमाडौं । सत्तारूढ नेकपा एमाले भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिँदैछन् ।

विज्ञापन

आगामी ६ जेठमा हुने बाग्मती प्रदेश तर्फको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ । यी २ विषय केन्द्रित छलफल जारी छ ।

विज्ञापन

ओली आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले विना शर्त सहयोग गर्नुपर्ने अडानमा छन् ।

तर नेपाल समूह पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।

शीर्ष नेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् । शुक्रवार ओली समूहका नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ ।

‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अझै केही समहमति भएको छैन, जुटाउने विषयमा केन्द्रित छौं ।’

पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएको बुझिएको छ । शीर्षनेता अडानबाट टसमस नभएपछि पार्टी नै विभाजन हुने निश्चित भएपछि राष्ट्रपतिले समेत नेताबीच सहमति गराउन पहल गरिरहेको स्रोतको दाबी छ ।

राष्ट्रपति शितल निवासमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बोलाएर भण्डारीले छलफल गरिसकेकी छन् । तर राष्ट्रपति साक्षी राखेर छलफल भए पनि कुनै किसिमको सहमति जुट्न सकेको छैन ।

नेता नेपालले छलफल जारी रहे पनि कुनै किसिमको सहमति नजुटेको जनाएका छन् । पार्टी विधि, प्रक्रिया, विधानअनुसार चल्नुपर्ने अडान राख्दै आएका उनले पार्टी एकताका लागि वार्ता र चलकता दुवै अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ नेपालले आफ्नो फेसबूक पेजमा लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

सहमति जुटाउन एक सातादेखि छलफल तीव्र छ । नेताहरूले दिनरात छलफल भइरहेको भए पनि कसरी मिलाएर अगाडि बढ्ने ? विषयमा ठोस सहमति जुटाउन सकिरहेका छैनन् ।

नेताबीच छलफल भइरहेकै बेला शुक्रवार साँझ उपप्रधानमन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् । शितलमा हालसम्म भएका छलफलबारे जानकारी गाराउँदै पार्टी एकताका लागि पहल गर्न आग्रह गरिएको छ ।

स्रोतका अनुसार नेपाल समूहका २० सांसदले मात्रै राजीनामा गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनिसकेपछि उपनिर्वाचन गरेर ती ठाउँमा पुनः नेपाल समूहकै नेतालाई कांग्रेस, माओवादी र जसपाले साझा उम्मेदवार बनाएर विजयी गराउने रणनीति बूढानीलकण्ठमा बनेको छ ।

ओली आफ्नो अडानबाट पछि नहटे नेपाल समूहले नयाँ दल दर्ता गराउनेछ । सोहीमार्फत नेपाल समूह उपनिर्वाचनमा महागठबन्ध बनाएर होमिनेछ । राष्ट्रिय सभा उपनिर्वाचनजस्तै ओलीविरुद्ध अन्य दल एकजुट भएर अघि बढ्ने योजनामा सबै सहमत रहेको स्रोतको दाबी छ ।

नेपाल समूहले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली समूह तनावमा छ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित गरेको ओली समूहले अहिले कसलाई उम्मेदवार बनाउने ? भन्नेबारे कुनै निर्णय गर्न सकेको छैन ।

देवकोटालाई विजयी बनाउन तथा प्रधानमन्त्री ओलीविरुद्ध मत हाल्ने विषयमा देउवा, नेपाल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादवबीच निरन्तर छलफल जारी छ ।

आफूविरुद्ध एमाले नेपाल समूह, देउवा, प्रचण्ड, जसपाको उपेन्द्र यादव सहितको संयुक्त गठबन्धन बनेपछि प्रधानमन्त्री ओली आत्तिएका छन् । नेपालसहित सो समूह नेतालाई गरिएको कारबाही तत्काल फुकुवा गरेर पूरा गर्नैपर्ने माग सम्बोधन गर्दै पार्टी एकता जोगाउन ओलीलाई सोही समूहका नेताले दबाब समेत दिइरहेका छन् ।

एमाले नेता ज्ञवाली, नेम्वाङसहितका नेताले ओलीलाई पार्टी एकता जोगाउन भन्दै आन्तरिक दबाब दिँदै आएका छन् । नेपाल समूहसँग मिलेर अघि बढ्दा तथा जसपाको ठाकुर, महतोसँग गठबन्धन गरेर पछि सरकार पनि जोगिने र पार्टी एकतासमेत जोगाउन सकिने मूल्यांकन यी नेताको छ । राजधानी दैनिकमा खबर छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस