शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा
Breaking News

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चितवन । चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो उनीहरूको छ ।

ढुवानी खर्च समेत नउठ्ने भएपछि गोलभेँडा बेच्न नसकिएको भरतपुर महानगरपालिका–२६ का नारायण सापकोटाले बताए । ‘एककेजी गोलभेँडाको उत्पादन लागत १५ रुपैयाँजति पर्छ, प्रतिकेजी ४ रुपैयाँमा बारीबाटै लैजानुस् भन्दा पनि ग्राहक आएनन्,’ उनले भने । उत्पादित गोलभेँडा बारीमै कुहिएर खेर जाने भएपछि सित्तैमा लैजान अनुरोध गरिएको उनले बताए ।

विज्ञापन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको तरकारी जोनको सञ्चालक समितिका सहसचिव तथा किसान रामचन्द्र रेग्मी किसानले गोलभेँडा टिप्नै छाडेको बताउँछन् । ‘गोलभेँडा बेचेर लागतको त कुरै छाडौँ, टिपाइ खर्च र बजारसम्म लैजान खर्च समेत उठ्दैन,’ उनले भने, ‘यस्तोमा गोलभेँडा टिपेर के फाइदा ?’ यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस