शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बिहे गरेको ७२ घण्टामा कोरोनाबाट दुलाहाको मृत्यु भएपछि….
समाचार

बिहे गरेको ७२ घण्टामा कोरोनाबाट दुलाहाको मृत्यु भएपछि….

एजेन्सी – भारत उत्तर प्रदेशस्थित बिजनौरमा कोरोनाले नवविवाहित पुरुषको मृत्यु भएको छ। बिहेको रात दुलाहालाई ज्वरो आएको थियो। उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा ७२ घण्टापछि उनको मृत्यु भयो।

बिजनौरको मोहल्ला जाटानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बबलीसँग विवाह गरेका थिए। तर बिहेकै दिन उनलाई ज्वरो आयो। स्वास्थ्य परीक्षण गराउँदा उनलाई कोरोना पोजिटिभ देखियो।

विज्ञापन

अस्पतालमा अक्सिजनको कमिका कारण अर्जुनको मृत्यु भएको उनका छिमेकीहरू बताउँछन्। भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

विज्ञापन

पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो। त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ५ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख संक्रमणमुक्त भएका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ। भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ। कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस