बिहिबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राजनीति
  • ओलीविरूद्घ अविश्वास प्रस्ताव दर्ताको तयारीः कांग्रेस–माओवादी जसपाको निर्णय कुर्दै
राजनीति

ओलीविरूद्घ अविश्वास प्रस्ताव दर्ताको तयारीः कांग्रेस–माओवादी जसपाको निर्णय कुर्दै

Renu Dahal

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्घ अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी भईरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी(जसपा)को निर्णय कुरिरहेका छन् । जसपा संसदको चौंथो ठूलो दल हो ।

विज्ञापन

जसपाका शीर्ष नेताहरूको बैठकमा अहिले प्रधानमन्त्री ओलीविरूद्घ अविश्वास प्रस्ताव लैजाने र कांग्रेस–माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे छलफल भैरहेको छ ।

विज्ञापन

जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउन महन्थ ठाकुर र राजेन्द्र महतोले पहल गरिरहेका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादवले ओलीसँग मिल्न नहुने अडानमा रहेका छन् ।
माओवादी केन्द्रले बताए अनुसार कांग्रेस–माओवादी दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन् ।

जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्घ अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका निकट स्रोतले जानकारुी दिएको छ ।

कांग्रेस र माओवादी केन्द्रले छलफल गरेर अविश्वासको प्रस्ताव लैजाने निष्कर्षमा पुगेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस