शनिबार, चैत्र १३, २०८२
  • होमपेज
  • समाचार
  • तालिममा आउने सांसदलाई रास्वपाको कडा निर्देशन, मोबाइल र आफन्त निषेध, फोटो खिच्न पनि नपाइने
समाचार

तालिममा आउने सांसदलाई रास्वपाको कडा निर्देशन, मोबाइल र आफन्त निषेध, फोटो खिच्न पनि नपाइने

राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पार्टीका सांसदहरूलाई भोलिदेखि दुईदिने अभिमुखीकरण तालिम दिँदै छ । ललितपुरको एक होटेलमा हुने तालिमका लागि रास्वपाले सांसदहरूलाई आचारसंहिता लगाएको छ ।

सूचनामा उल्लेख भएअनुसार कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ भने कार्यक्रमस्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ । परिवारका सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन गरिएको छ ।

विज्ञापन

चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सांसदहरू स्वयम्‌कै हुने भनिएको छ । सांसदहरूले कार्यक्रमस्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट तथा फोटो खिच्ने वा बैठक नगर्न निर्देशन दिइएको छ ।

विज्ञापन

भद्र पोशाक लगाउन भनिएको छ । पत्रकारहरूलाई उद्घाटन र समापनसत्रमा मात्रै रिपोर्टिङका लागि आउन भनिएको छ । सभापति रवि लामिछानेले समापनसत्रलाई सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ ।

हेर्नुहोस् सूचना :

 

WhatsApp-Image-2026-03-16-at-17.38.02-1773662915.jpeg

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस