आइतवार, फाल्गुन १६, २०८२
  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्रीका उम्मेदवारबीच देश बनाउने योजनामा बहस हुन नसक्नू दुर्भाग्य : गगन थापा
Breaking News

प्रधानमन्त्रीका उम्मेदवारबीच देश बनाउने योजनामा बहस हुन नसक्नू दुर्भाग्य : गगन थापा

Renu Dahal

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरूबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन्।

आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरे पनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताए।

विज्ञापन

आफूले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यस पटक चुनावमा हुन नपाएको उनको भनाइ छ। त्यस्तै सभापति थापाले अहिलेको चुनाव विशेष परिस्थितिमा हुन लागेकाले जो जिते पनि हारे पनि नेपाल हार्न नहुने भन्दै उत्तेजनाको भाषा नबोल्न आग्रह गरेका छन्।

विज्ञापन

जेन जेड आन्दोलनमा शहादत प्राप्त गरेका छोराछोरीका आमाबुबालाई कम्तीमा देश सुशासनको बाटोमा हिँडेको भन्ने भरोसा दिलाउन सक्नुपर्ने उनले बताए। सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्नका लागि काँग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने धारणा राखे।

अहिले सामाजिक सञ्जालमा चलेको हल्लालाई आफूले अस्वाभाविक नमान्ने भन्दै उनले सामाजिक सञ्जाल घृणाको भाषा बोल्नेको पक्षमा हुने संसारभर देखिएको बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस