आइतवार, चैत्र २८, २०८२
  • होमपेज
  • Breaking News
  • चितवन–३ मा रेनु दाहालको पक्षमा उत्साहजनक समर्थन, कांग्रेसका युवा नेता राजकुमार र बुद्ध नेकपामा प्रवेश
Breaking News

चितवन–३ मा रेनु दाहालको पक्षमा उत्साहजनक समर्थन, कांग्रेसका युवा नेता राजकुमार र बुद्ध नेकपामा प्रवेश

चितवन । चितवन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचनको माहोल दिनानुदिन उत्साहपूर्ण बन्दै गएको छ। विकास, सुशासन र समृद्धिको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएकी रेनु दाहालको पक्षमा विभिन्न दलबाट समर्थन र पार्टी प्रवेशको क्रम तीव्र बनेको छ।

यसैक्रममा नेपाली कांग्रेसका सक्रिय युवा नेता राजकुमार तामाङ र बुद्ध घिसिङले पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका छन्। उनीहरूले चितवन–३ को समग्र विकास र समृद्धिका लागि रेनु दाहालको नेतृत्व आवश्यक रहेको निष्कर्षसहित साथ दिने घोषणा गरेका हुन्।

विज्ञापन

राजकुमार तामाङले विज्ञप्तिमार्फत नेपाली कांग्रेसमा विभिन्न जिम्मेवारी सम्हाल्दै लामो समय काम गरेको स्मरण गर्दै आजकै मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका छन्। उनले अब नेकपाको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै रेनु दाहाललाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्। बुद्ध घिसिङले पनि युवाको आकांक्षा पूरा गर्न सक्षम नेतृत्वको पक्षमा उभिएको स्पष्ट पारेका छन्।

विज्ञापन

‘तारा’ चुनाव चिन्हबाट उम्मेदवारी दिएकी रेनु दाहालले भरतपुरमा कार्यान्वयन गरिएको विकास मोडललाई चितवन–३ मार्फत राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राखेको बताउँदै आएकी छन्। उनले युवा पुस्ताको बढ्दो साथ र विश्वासले आफ्नो अभियान अझ बलियो र उत्साहजनक बनेको प्रतिक्रिया दिएकी छन्।

चितवन–३ मा पछिल्लो समय देखिएको पार्टी प्रवेश र समर्थनको लहरले चुनावी प्रतिस्पर्धालाई थप गतिशील बनाएको छ। विश्लेषकहरूका अनुसार विकासकेन्द्रित एजेन्डा र युवामुखी प्रतिबद्धताका कारण रेनु दाहालको अभियानले व्यापक जनसमर्थन हासिल गरिरहेको संकेत देखिएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस