
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यम बाट धेरै कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । शेयर बजारमा आज गरिने लगानीबाट आम्दानी हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार, शेयर बजारमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । शिक्षा क्षेत्रमा धन खर्च हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला । तर पनि लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । शुभ कार्यमा धन खर्च हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्यक्तिहरूको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार, शेयर बजारको लगानी फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगित तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसायमा लगानीको लागी अध्ययन गर्नु उचित हुनेछ, आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । तर पनि यात्रा हुने तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तार्किक क्षमता वृद्धि भएर जानेछ भने वाणीमा थप निखरता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । आफन्त तथा अग्रजसँगको भेटले मन प्रफुल्ल हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । खानपान, भेटघाट तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा बिलासी वस्तु प्राप्तिको योग रहेको छ । सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाइनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा आमासँग मनमुटाब बढ्ने योग रहेको छ भने टाढिएर यात्रा गर्नुपर्दा मन दुःखी हुनेछ । घर जग्गाको खरिद बिक्री गर्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेको जग्गा सम्बन्धी काम हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ ।
तपाईँको दिन शुभ रहोस् ।






फेसबुक प्रतिक्रियाहरु