शुक्रबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • Breaking News
  • १५० जना राप्रपा परित्याग गरी नेकपा प्रवेश
Breaking News

१५० जना राप्रपा परित्याग गरी नेकपा प्रवेश

Renu Dahal

चितवन । भरतपुर महानगरपालिका–२५ का विभिन्न तीन स्थानका करिब १५० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ता र समर्थकहरूले परित्याग गरी नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरू आगामी निर्वाचनमा “तारा उम्मेदवार”का रूपमा चिनिनु भएकी रेनु दाहाललाई विजयी गराउने अभियानमा सहभागी हुने प्रतिवद्वता जनाएका छन् ।

भरतपुर–२५ मा आयोजित कार्यक्रममा बोल्दै नवप्रवेशी प्रतिनिधिहरूले भरतपुर हुँदै चितवन विकास मोडललाई संस्थागत गर्ने लक्ष्यका साथ मतदान गर्ने बताए ।।उनीहरूले विगतका पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा रोजगारीका क्षेत्रमा भएका कामलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे।सो अवसरमा उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताएकी छन् । भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पदमा रहँदा आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण स्नेह पाएको उनको बुझाइ छ ।

विज्ञापन

कार्यक्रममा पार्टीका स्थानीय नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गर्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। “विकास र समृद्धिका लागि स्थिर नेतृत्व आवश्यक छ,” उनीहरूले भने, “भरतपुरको समग्र विकासलाई थप उचाइमा पुर्‍याउन सबैको साथ अपरिहार्य छ।”
नवप्रवेशीहरूका अनुसार भरतपुर–२५ का तीन स्थानबाट आएको यो समर्थनले निर्वाचन अभियानलाई थप बल पुर्‍याउने विश्वास लिइएको छ। स्थानीय बासिन्दाले पनि विकासका मुद्दालाई केन्द्रमा राखेर मतदान गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस